फुटबल हेर्न अलमुताइरी दशरथ रंगशालामा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न दशरथ रंगशालामा पुगेका छन । अलमुताइरी न्यूराेड टिम एनआरटी र फ्रेन्ड्स क्लबबीचको खेल हेर्न पुगेका हुन् ।

उनी आज लिगका खेल हेर्न रंगशाला पुगेको तस्बिर अखिल नेपाल फुटबल संघले सामाजिक सञ्जालमा पोस्ट् गरेको छ । उनी गएको मंगलबार नेपाल आइपुगेका थिए ।

एन्फासँगको विवादका कारण मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अलमुताइरीले कात्तिकको पहिलो हप्ता सम्झौता नवीकरण गर्न राजी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *