काठमाडौँको कोटेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले काठमाडौँ महानगरपालिका–३२ स्थित कोटेश्वरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कुलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा ८९२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९२ जनाको भिडियो एक्सरे, १८७ जनाको रक्त परीक्षण र १६८ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

सोमबार केएमसीले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १ हजार १ सय ७२ बिरामीको निःशुल्क उपचार गरेको थियो । यसअघि पनि विभिन्न जिल्लामा केएमसीले निःशुल्क शिविर सञ्चालन गरेर हजारौँ बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *