पनौतीमा केएमसीको स्वास्थ्य शिविर, ११ सय बिरामीको निःशुल्क उपचार

काभ्रे । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पनौती नगरपालिका १२ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

स्थानीय वाल प्रकाश माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ७२ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २१६ जनाको रक्त परीक्षण, १९७ जनाको मुटुको जाँच (इसीजी) र १९५ जनाको भिडियो एक्सरे गरिएको छ ।

दाँतमा समस्या भएर आएका ३५ जना बिरामीको दाँतको उपचार गरिएको छ ।यता, शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट हजारौँ गरिब तथा विपन्न बिरामीहरू लाभान्वित भइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *