चित्रकला अवलोकन गर्दै प्रचण्ड (तस्बिरहरू)

काठमाडौँ । गत आइतबारबाट प्रज्ञा भवन कमलादीमा नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन चलिरहेको छ । आइतबार दिउँसो तीन बजे उद्घाटन गरेर सुरु भएको महाधिवेशनको आज तेस्रो दिन सामुहिक छलफल कार्यक्रम चलिरहेको छ ।

यसै क्रममा प्रज्ञा प्रतिष्ठानको भवन पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने चित्रकला प्रदर्शनी हेर्दै रमाइरहेका छन् । माओवादी क्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनमाथि विभिन्न कलाकारले तयार पारेको चित्रकलामा प्रचण्डको पनि पोट्रेट प्रदर्शन गरिएको छ ।

आज प्रचण्डसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ र पम्फा भुषालले पनि चित्रकला अवलोकन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *