काठमाडौँमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर
मकालु खबर
२०७८ पुस १० गते
काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले काठमाडौँको बबरमहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
काठमाडौँ महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो ।
शिविरमा ९५५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार १८९ जनाको ल्याब टेस्ट, १७३ जनाको भिडियो एक्सरे र ११३ जनाको इसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएर शिविरमा आएका ३६ जनाको उपचार गरिएको छ ।
यता, शिविरमा उपचार सम्भव नभएका ५३ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । केएमसीले पछिल्लो समय विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
मकालु खबर
२०७८ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित