होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु
२०७८ पुस ६ गते

काठमाडौँ । काठमाडौँको बागबजारस्थित काठमाडौँ मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु भएको छ ।
रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीको मोडल कलेजको बाथरुममा ग्यास गिजरमा नुहाउने क्रममा अचेत भएपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कलेजको लापरबाहीको कारण सनहीको मृत्यु भएको भन्दै विद्यार्थीहरूले मंगलबार प्रदर्शन गरेका थिए । उनीहरूले कलेजको कमजोर व्यवस्थापनका बारेमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएकाले घटना घटेको बताएका छन् ।
सहनी कक्षा १२ मा अध्ययनरत थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
२०७८ पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित








