एमसीसीको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । विभिन्न ६ राजनीतिक दल र दुईवटा मोर्चाको गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा र्‍याली निकालेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा‚ नेकपा (मसाल)‚  नेकपा (क्रान्तिकारी मा‌ओवादी)‚ नेकपा (माले)‚ ऋषी कट्टेल नेतृत्वको नेकपा‚ राष्ट्रिय जनमोर्चा पार्टी‚ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाले   माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगी कोण सभा गरेका हुन् ।

सरकारले संघीय संसद्‌बाट एमसीसी पारित गर्न लागेको भन्दै यी पार्टी तथा मोर्चाले विरोध र्‍याली निकाल्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *