उपेन्द्र सुब्बा भन्छन्- फाइनल म्याच कबड्डी २ निकट छ

काठमाडौँ । दर्शक माझ लोकप्रिय चलचित्र ‘कबड्डी द फाइनल म्याच’ को टिजर सार्वजनिक भएको छ । टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । टिजरको समय लामो भएको भनेर टिप्पणी आए पनि यो चलचित्र समग्रमा दर्शकले प्रतीक्षा गरिरहेको चलचित्र अन्तर्गत पर्छ ।

चलचित्रको कथाका विषयमा लेखक उपेन्द्र सुब्बाले माहौल उही भए पनि यो पटकको चलचित्रको कथा केही भिन्न भएको जानकारी दिएका छन् । उनका अनुसार काजीको कथा कबड्डी ३ बाट आएको भए पनि चलचित्रका कलाकार र अन्य विषय बस्तु भने कबड्डी २को नजिक रहेको छ ।

दर्शकको अर्को प्रश्न काजीको विवाह होला त ? को जवाफ खोज्न भने हल सम्म नै जानु पर्ने प्रतिक्रिया निर्माण टिमले दिँदै आएको छ ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतको प्रमुख भूमिका रहेको छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र राम बाबु गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी. कार्कीको छायांकन र कालीप्रसाद बास्कोटाको संगीत रहेको छ । चलचित्र वैशाख २३ गतेबाट प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *