ओली गफाडी र परपीडक नम्बर एक हुन् : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अधयक्ष केपी शर्मा ओली गफाडी नम्बर एक भएको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली कामभन्दा पनि गफ गर्नमा सिपालु भएको बताएका हुन् ।

गफमात्रै बढी गर्ने भएकाले उनको नामै ‘गफाडी नम्बर एक’का रुपमा गिनिज बुकमा लेखिदिए हुने टिप्पणी गरेका छन् ।
ओलीको काम अरुलाई अपमान गर्ने, अरुको तेजोवध गर्ने, पिडा दिनेमात्र भएकाले उनलाई ‘परपीडक नम्बर एक’ भनिदिए हुने नेपालले बताए ।

आफूहरू त्यसो नगर्ने भन्दै नेपालले अब पनि गल्ती महसुस गर्न र आत्मालोचना गरी सही बाटोमा आउने मौका दिने बताए । आफूहरू लोकतान्त्रिक संस्कार बोकेका नेता र पार्टी भएकाले त्यसैअनुसार अघि बढ्ने नेपालले दाबी गरे ।

समाजवादको दिशामा अघि बढ्न चाहेकाले आफूहरूले यसबारेमा व्यापक बहस गर्न चाहिरहेको पनि नेपालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *