खेल क्षेत्रमा राजनीति नगर्न कप्तान किरण चेम्जोङको आग्रह

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । क्यानले चार क्रिकेटरलाई कारबाही गरेको तर्फ संकेत गर्दै चेम्जोङले यस्तो आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत खेलाडीसँग राजनीति नगर्न र खेलको सुन्दर संसारमा राजनीतिलाई प्रवेश नगराउन भनेका छन् । अहिले क्रिकेटका ४ खेलाडीलाई क्यानले कारबाही गरेको विषय विवादित बनेको छ ।

याे पनि : कारबाहीमा परेका चार क्रिकेटर भन्छन्- बल र ब्याट छोड्नुपर्ने अवस्था आउन सक्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *