अग्निग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौँ । अग्निग्रुपले प्रदेश नं. ७ अन्तर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेल्धुरामा महिन्द्राका गाडीको नयाँ बिक्री, सेवा र पार्टपूर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको किर्तिपुरमा अग्नीग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले २५ गते शनिबारका दिन स्थानीय प्रतिनिधिहरु सहितसंयुक्त रुपमा उद्घाटन गरे ।

अग्निग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्राबिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ ।

उद्घाटन कार्यव्रmममा अग्निग्रुपका डडेल्धुरा, किर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स् प्रालिका प्रबन्धनिर्देशक ज्ञानेन्द्र साउदका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरूले यो थ्री एस सेटअप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदिकाबिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कलीस्पेयर पार्टस् को लाभउपलब्ध गराउनमा समर्पित हुने जानकारी दिए ।

अग्निग्रुपले डोटी स्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कर्प प्रालिमा पनि अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र दक्षिणकाली मोटर कर्प प्रालिका प्रबन्ध निर्देशक नविन जोशीको हातबाट संयुक्त रुपमा थ्रि एस. सेटपमै महिन्द्राका नयाँशोेरुप र सर्भिस सेन्टरको समुद्घाटन संयुक्त रुपमा गरिएको छ ।

कम्पनीका अनुसार यो थ्रीएस सेटअप सहितको शोरुम अग्नीइन्कर्पोरेटेड प्रालिअन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वर्क्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *