एक साथ देखिए निखिल सञ्चिता

काठमाडौँ । अभिनेता निखिल उप्रेतीको विवाह र सम्बन्ध अन्त्यको खबर चर्चामा छ ।

उनले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध अन्त्य गरेको खबरसँगै दोस्री श्रीमती सञ्चिता लुइँटेलसँगको सम्बन्धमा समेत खटपट आएको चर्चा चलेको थियो । कोपिलाले समेत सञ्चिताको सन्तान लाई सहज बनाउन मन नहुँदा नहुँदै सम्बन्ध अन्त्य गरेको बताएकी छन् ।

तर यी सबै हल्लाहरूको जवाफ सञ्चिताले आफ्नो सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गरेर दिएकी छन् । उनले कसैको विवाह समारोहमा सरिक भएको पारिवारिक तस्बिर एक पछि अर्को गर्दै पोस्ट गरिरहेकी छन् ।
उनको यो पोस्टलाई समाचारमा आएको टिप्पणीको मौन जवाफको रूपमा मान्न सकिन्छ । साथै आशङ्का पनि उब्जिएको छ कि उनले बिग्रिएको सम्बन्धको चर्चालाई पर्दा लगाउन नयाँ फन्डा अपनाएकी त होइनन् ? भन्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *