अग्नि ग्रुपद्वारा डडेलधुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

काठमाडौं । अग्नि ग्रुपले नेपालको प्रदेश नं ७ अन्तर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेलधुरामा महिन्द्राका गाडीहरूको नयाँ बिक्री, सेवा र पार्टपुर्जा सहितको शोरुम स्थापना गरेको छ ।

कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।

महिन्द्रा अटोमोबाइल्सका सबै शृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त शोरुम डडेलधुराको किर्तिपुरमा अग्नीग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगरउपप्रमुख सङ्गीता भण्डारीले र स्थानीयप्रतिनिधिहरु सहित संयुक्त रूपमा उद्घाटन गरेका हुन।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न शृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्राबिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको बताए।

उद्घाटन कार्यक्रममा अग्नि ग्रुपका डडेलधुरा, किर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स् प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदका अनुसार महिन्द्रागाडी किन्ने ग्राहकहरूले थ्री एस सेट अप अन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै शृङ्खलाका उत्पादनहरू जस्तैः स्कर्पियो, बरेलो पिक अप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदिकाबिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कलीस्पेयर पार्टस् को लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका दिए।

डडेलधुरा र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारी साधनहरू, एसयूभीहरू, पिकअपसहितका सबै उत्पादनहरू उपलब्ध हुनेछन् ।

सोही दिन अग्नि ग्रुपले डोटी स्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्प प्रालिमा पनि अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र दक्षिणकाली मोटर कोर्प. प्रालिका प्रबन्ध निर्देशक नवीन जोशीले  संयुक्त रूपमा थ्रि एस. सेटपमै महिन्द्राका नयाँशोेरुप र सर्भिस सेन्टरको समुद्घाटन संयुक्त रूपमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *