सरकारले नीतिगत सहजीकरण गरे देशभित्रै गाडी एसेम्बल हुन सक्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत रुपमा सहजीकरण गर्ने हो भने केही समयभित्रै नेपालमा चारपाङ्ग्रे गाडीको एसेम्बल उत्पादन सुरु गर्न सकिने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभामा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

नेपालमा दुई पाङ्ग्रे सवारी साधानको एसेम्बल उत्पादन सुरु भइसकेको र आगामी दिनमा चारपाङ्ग्रे सवारीको समेत एसेम्बल उत्पादन सुरु हुने उनले बताए । नेपालमा उपलब्ध विजुलीको खपत देशभित्रै हुने र आयात कम गरेर व्यापार घाटा बढाउन समेत सहयोग हुने उनले बताए । यसले रोजगारी सिर्जना समेत गर्ने उनले बताए ।

देशभित्र औद्योगिक वातावरण बनाउन र निजी क्षेत्रलाई सहयोग गर्न परम्परागत रुपमा राखिँदै आएको नीतिगत व्यवस्था परिवर्तन गर्नुपर्ने सुझाव समेत उनले दिएका छन् ।

‘नीतिगत सुधारका कार्यक्रम ल्याउँदा त्यसमा केही समुदाय तथा व्यक्तिको विमती भए पनि सरोकारवाला पक्षसँग छलफल गरेर नीतिगत व्यवस्था समय सापेक्ष बनाउँदै लगियो भने त्यसले आम सर्वसाधारण र सरकारलाई फाइदा हुने छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *