पठाओको जीवन रक्षा कार्यक्रम

काठमाडौं । स्वास्थ्य सचेतनालाई ध्यानमा राख्दै राइड शेयरिङ कम्पनी पठाओ नेपालले पठाओ जीवन रक्षा कार्यक्रम अन्तर्गत आफ्ना क्याप्टेन ‘ट्याक्सी ड्राइभर’हरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिएको छ ।

करिब तीन सय जना क्याप्टेनलाई प्राथमिक उपचार र घाइते अथवा बिरामीलाई अस्पताल लग्दा अपनाउनु पर्ने सावधानीहरूको विषयमा तालिम दिइएको पठाओ नेपालको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । क्याप्टेनहरूलाई जीवन रक्षकका रूपमा स्वास्थ्यका कुरामा अझ संवेदनशील बनाउन कार्यक्रम गरिएको हमालको भनाइ छ ।

काठमाडौ उपत्यकामा अस्पताल पुग्नको लागि यात्रुहरूको पहिलो रोजाइ ट्याक्सी नै पर्ने गरेको छ । फेरि दुर्घटना लगायत कतिपय अवस्थामा बिरामीलाई गाडिमा राख्ने तरिका नमिल्दा झन् जटिल अवस्था हुने भएकाले यो तालिमको आयोजना गरीएको बताइन ।।

हमाल भनिन् हामीसँग भएका स्वतन्त्र साझेदारहरूमा दोस्रो ठुलो सङ्ख्या पनि ट्याक्सीको नै छ ।यसैले क्याप्टेनहरूलाई स्वास्थ्य संवेदनशीलता प्रति सजग गराउनु हाम्रो पनि कर्तव्य ठानेर तालिम आयोजना गरिएको हो ।

तालिममा बिरामी वा घाइते यात्रु भएको बेला कस्तो प्रकारको सावधानी अपनाउने र कस्तो प्रकारको प्राथमिक उपचार दिने लगायतको विषय समावेश गरिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *