देशभित्रै गाडी उत्पादन गर्न सरकारले सहयोग गर्छ : अर्थमन्त्री

काठमाडाैँ । अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल क्षेत्रले देशको आर्थिक विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभामा समाराेहमा बाेल्दै उनले बताएका हुन् ।

अटोमोबाइल व्यवसायले देशको राजस्वमा २५ प्रतिशत योगदन गर्ने गरेकोले यसलाई घटाएर फरक ढंगले यही क्षेत्रबाट राजस्वमा ५० प्रतिशतसम्म योगदान गर्नुपर्ने उनले बताए ।

‘नेपालसँग जग्गा छ, श्रम छ, विद्युत् छ भने अब गाडी उत्पादन नेपालमै किन नगर्ने,’ उनले भने, ‘यो व्यवसायलाई अब फरक ढंगले अघि बढाउनु पर्छ । देशभित्रै गाडी उत्पादन गर्नुपर्छ ।’

व्यापारघाटा, बेरोजगारी, अविकास जस्ता समस्या समाधानका लागि अटोमोबाइल क्षेत्र समेत उपयुक्त क्षेत्र हुने उनले बताए ।

‘नेपालमा सबैभन्दा बढी उपलब्ध भएको स्रोत जलविद्युत् हो र जलविद्युत्को उपभोग अटोमोबाइल क्षेत्रमा धेरै हुन सक्ने भएकोले अटो उद्योगको विकासमा सरकारले सघाउँछ,’ उनले भने, ‘यसका लागि सरकारसँग चाहिएको सुविधा यहाँहरुले माग्न सक्नुहुन्छ ।’

अर्थशास्त्र भनेको आफूलाई थाहा नभए पनि देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने आफूलाई थाहा भएको बताए ।

‘देश सम्पन्न नभई यहाँका जनताले सुख पाउँदैन भन्ने मलाई थाहा छ,’ उनले भने, ‘आयातमा प्रतिबन्ध लगाउन आजको जमानामा सकिँदैन तर स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ । यसका लागि सरकार र निजी क्षेत्र दुबै लाग्नुपर्छ ।’

विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन विकास गर्नेतर्फ सरकारले काम अघि बढाएको समेत उनले बताए । अब व्यवसायीले विद्युतीय गाडीकाे उत्पादन र व्यापारतर्फ ध्यान दिनु पर्ने पनि उनले बताए ।

प्रतिक्रिया

One thought on “देशभित्रै गाडी उत्पादन गर्न सरकारले सहयोग गर्छ : अर्थमन्त्री

  1. अर्थमन्त्री जनार्दन शर्मा ज्युको एकदम सालिन ब्यबहारिक भासण र अटो मोबाइल ब्यबसाय लाई गरेको सम्मान साच्चै सुन्न लायकको थियो पहिलेका अर्थसाश्त्रका बिज्ञ मन्त्री भन्दा कयौं गुना सान्दर्भिक कुरा आएको छ जनतासंग सहकार्य गर्ने कुरा नेपाललाई समुन्नत र आत्मनिर्भर बनाउने बक्तब्य सान्दर्भिक र सुन्न लायकका थिए..😊😊

Leave a Reply

Your email address will not be published. Required fields are marked *