मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज १ गते दर्ता भएको मुक्तिनाथ फाउण्डेशनले काम आरम्भ गरेको छ ।

सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना भएको फाउण्डेशनले जानकारी दिएको छ ।

मुनाफा वितरण नगर्ने संस्थाको रूपमा यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा काम अघि बढाएको पनि दाबी गरेको छ ।

एक औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत कार्याराम्भको घोषणा गरेको हो । फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रम आरम्भ गरेका थिए ।

गैरराजनीतिक, निःस्वार्थ र विशुद्ध सामाजिक संस्थाको रूपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरूको पहिलो रोजाइको संस्थाको रूपमा विकास गरिने ढकालले बताएका छन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार भरतप्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवाप्रवाहको दायराहरू, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरू तथाभावि योजनाहरूबार जानकारी गराएका थिए ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्यामसुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मी लगायतले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *