कांग्रेस महाधिवेशन : संस्थापनइतर पक्षकाे बैठक जारी, साझा उम्मेदवार बनाउने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी छ । सभापतिको साझा उम्मेदवार तय गर्न भनेर बोलाइएको बैठक नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसिरहेकाे छ ।

बैठकमा इतर पक्षका केन्द्रीय सदस्यहरूसहित सभापतिका आकांक्षीहरू सहभागी छन् । बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादव धनराज गुरुङलगायत उपस्थित छन् ।

इतर पक्षबाट चारजनाले सभापतिको उम्मेदवार दाबी गर्दै आएका छन् । इतर पक्षका नेताहरू एक मात्र उम्मेदवार बनाउने दबाबमा छन् । इतर समूहका युवा नेताले सभापतिमा एक मात्र उम्मेदवार बनाएर अघि बढ्न दबाब दिँदै आएका छन् ।

उनीहरूले भोलिसम्म एक मात्र उम्मेदवार तय नगरे आफूहरू नै टिम बनाएर अघि बढ्ने भन्दै दबाब बढाएका छन् । नेता गगनकुमार थापाकाअनुसार बैठकमा साझा उम्मेदवार बनाउने विषयमा नै छलफल भइरहेकाे छ । ‘हामीले जसरी भएपनि साझा उम्मेदवार नै बनाउनुपर्छ भनेर भनेका छाैँ, त्यही सुझाव पनि दिएका छाैँ । हाम्राे जाेड यहीँ रहन्छ । यसलाई सम्भव बनाउनुपर्छ, बनाउँछाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =