वैशाख २३मा ‘लक्का जवान’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘लक्का जवान’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आगामी वैशाख २३ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको प्रदर्शन मिति यसअघि २०७६ चैत २१ गतेलाई तोकिएको थियो ।

शिवहरि पौडेलको डेब्यू निर्देशनमा बनेको यो चलचित्रमा प्रियङ्का कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायाङ्कन छ । अन्सुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाको लगानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *