प्रदेश अधिवेशनमा मतदान नगरेका नेता पछुताउँदै, शेखरले मागे माफी

काठमाडौँ । प्रदेश १ को अधिवेशनमा मतदान नगरेका कांग्रेको संस्थापन इतरका केन्द्रीय नेताहरू पछुताउन थालेका छन् । आफ्नाे पक्षका उम्मेदवार गुरुराज घिमिरे २ मतले पराजित भएपछि नेताहरू पछुताउन थालेका हुन् । यसैक्रममा कांग्रेस नेता डा. शेखर कोइरालाले प्रदेश नेतृत्व चयनका लागि मतदान नगरेकोमा माफी मागेका छन् ।

प्रदेश १ को अधिवेशन कोइरालासहित सुजाता कोइराला बलबहादुर केसीलगायत नेताहरूले मतदान गरेका थिएनन् । कोइराला निकट उम्मेदवार गुरुराज घिमिरे सभापतिमा २ मतले पराजित भएपछि सामाजिक सञ्जालमा शेखरले स्पष्टीकरण दिँदै केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने भन्ने विषय सुरूदेखि नै संशयमा रहेको र कानुनी परामर्श गर्दा मतदान नगर्नु उपयुक्त हुने सुझाव आएकाले मतदान नगरेको बताएका छन् ।

यस्तै अर्का नेता बलबहादुर केसीले कानूनी जटिलताका कारण आफूले पनि मतदान नगरेको बताएका छन् । उनले आफूले पनि प्रदेश अधिवेशनमा मतदान नगरेको भन्दै निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतदान गर्न नपाउने बताएको र त्यसैकारण मतदान नगरेको केसीको भनाइ छ ।

पुनः मतगणना गर्न माग गर्दै गुरुराजले दिए निवेदन

संस्थापन इतरका उम्मेदवार गुरुराज घिमिरे २ मतले विजयी भएपछि मतदान नगर्ने केन्द्रीय नेताहरुको आलोचना भइरहेको छ । यसैबीच घिमिरेले पुन: मतगणनाका लागि निवेदन दिएका छन् ।

यो पनि : कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी, गुरुराज दुई मतले पराजित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *