नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत

बिराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्तर्गत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई अबिर र खादा लगाएर स्वागत गर्दै नोबेल मेडिकल कलेजका बारेमा जानकारी गराइएको छ ।

कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे, सह–प्राचार्य प्रा.डा.रितु बराल, नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा लगायतले बिद्यार्थीलाई अनुशासित भई मेहनत गरेर अध्ययन गर्न सुझाव दिए ।

नोबेलमा तीन बर्षे पारामेडिकल कार्यक्रम अन्तर्गतका चार संकायमा पूर्वी नेपालका विभिन्न जिल्लाका १०६ बिद्यार्थी भर्ना भएको कलेजको शैक्षिक बिभागका सुरेन्द्र घिमिरेले जानकारी दिए ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस, बीपीटी, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =