क्रान्तिकारी पत्रकार महासंघले राष्ट्रिय भेला गर्ने

परासी । क्रान्तिकारी पत्रकार महासङ्घले राष्ट्रिय सम्मेलन अघि विशेष राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । महासंघले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटमा आगामी पुस ४ गते विशेष राष्ट्रिय आयोजना गर्न लागेको हो । राष्ट्रिय सम्मेलनको तयारीको रुपमा विशेष भेलाको आयोजना गर्न लागिएको महासंघका लुम्बिनी प्रदेश संयोजक रवी पाण्डेयले जानकारी दिए ।

भेलामा ५५ जिल्लाका १५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् । भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले गर्ने कार्यक्रम छ । महासंघको राष्ट्रिय सम्मेलन आगामी फागुनमा गर्ने तय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *