बिल्लिबाठ भो तीनकुने पार्क (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको तीनकुनेमा रहेको यो ठाउँ एक समय गाडी चलाउन सिक्ने ठाउँ थियो । गजगजी हिलो हुन्थ्यो । पार्कभरि झार उम्रेको देखिन्थ्यो ।

तर विसं. २०७६ असोज २५ गते शनिबार चीनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा हतार हतार पार्क बनाइएको थियो । त्यसअघि भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी नेपाल आउँदा यो क्षेत्रलाई वरिपरिबाट निलो जस्ताले छोपिएको थियो ।

चिनियाँ  राष्ट्रपति सीको भ्रमण अघि रातारात बिरुवा रोप्ने र दुबो ओछ्याउने काम भयो । चिटिक्क देखाउने प्रयास गरिएको थियो तर जब राष्ट्रपति सी फर्किए यो तिनकुने पार्कको दुर्दशा सुरु भयो । तत्कालै दुबो चोरिएको खबर आयो । सिमेन्टका विभिन्न जनावरका मूर्ति सबै छिन्नभिन्न भए ।

बिस्तारै कसैले वास्ता नगर्दा यो पार्क अहिले उराठलाग्दो बनेको छ । काठमाडौँ महानगरपािलका र नेपाल सरकारले यो ठाउँलाई स्थायी रूपमै पार्क बनाउने भने पनि यस बारे थप पहल नै भएन ।

यही बाटो भएर कैयौँ पटक प्रधान मन्त्री, मन्त्री, सांसद, मेयर, मुख्य सचिव वा अरू गन्नेमान्नेहरू आए गए तर अहँ कसैले यो उराठलाग्दो ठाउँलाई हराभरा बनाउने कामलाई निरन्तरता दिऊँ भन्ने सोचेनन् ।

न  महानगरपालिकाले नै यसमा ध्यान दियो सरकारले पहल गर्याे । सहरको महत्त्वपूर्ण यो ठाउँमा राम्रो पार्क बनाउन पाए सबैलाइ टहल्ने ठाउँ हुने थियो भने विमानस्थल हुँदै आउने विदेशी पाहुनासामु सहरको सुन्दरता पनि बढाउने थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *