नाडाको अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

काठमाडौँ । अटो मोबाइल व्यवसायीहरूको छाता सङ्गठन नाडा एसोसिएसन अफ नेपालको अध्यक्ष पदका लागि अटो व्यवसायी ध्रुव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

उनले राजधानीमा एक कार्यक्रम गरी ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेको जनाएका छन् । अध्यक्ष पदका प्रत्याशी थापाले नीतिगत सुधार, सचिवालय सुधार, सदस्यहरूको क्षमता अभिवृद्धि, डाटा हब निर्माण र सामाजिक उत्तरदायित्वमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै उनले नाडाको सधैँ राजधानी केन्द्रित नेतृत्वले मोफसल र साना व्यवसायीको आवाज सुन्न नसकेको अवस्थामा आफ्नो टिम त्यसलाई परिवर्तन गर्न नाडाको नेतृत्वको लागि अगाडि बढेको बताए ।

उनको प्यानलमा नाडाका वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल सिवाकोटी, शुभाशिष् थपलिया, यमुना श्रेष्ठ, अमर ज्योति रञ्जित, बि.एन पाठक, नारायण प्रसाद पौडेल (राजन), नवराज भुसाल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्ध कार्की, सगुन बि.एस कंन्साकार र सञ्जय कुमार खेतान रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *