भुवनेश्वरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं.१४ भुवनेश्वरीमा  एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नेपाल एफएम नेटवर्कको १८ औँ वार्षिकोत्सवको अवसर पारी काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र वडा कार्यालयसँग सहकार्य गरेर नेटवर्कले शिविर आयोजना गरेको हो ।

शिविरमा केएमसीका विशेषज्ञ डाक्टरहरूले ६६५ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा उपचारका क्रममा १७१ जना बिरामीको रक्त परीक्षण गरिएको छ ।

मुटुको समस्या आशङ्का गरिएका १५० जनाको मुटुको परीक्षण (इसीजी) गरिएको छ । त्यस्तै १३५ जना बिरामीको पेटको समस्या पहिचानका लागि भिडियो एक्सरे गरिएको छ ।

दाँतमा समस्या भएर उखेल्नुपर्ने अवस्थामा पुगेका १५ जना बिरामीको शिविरमा दाँत उखेलिएको छ । शिविरमा उपचारका लागि भुवनेश्वरी आसपास क्षेत्रका बिरामीहरू आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *