कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

काठमाडौँ । कतार सरकारले कोरोना महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाई सहयोग गर्न आदेश दिएपछि कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

टर्किस एयरलाइन्सबाट काठमाडौँ पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल-घानिम अल-मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझी मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कन्सुलर नासर अल-मादिदले नेपाललाई आगामी दिनमा पनि सहयोग गर्नै पनि बताए । कोरोना महामारीसंग जुध्न सुरुवातदेखि नै कतार सरकारले गरेको सहयोगले नेपाललाई महामारीसंग लड्न हिम्मत मिलेको स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीले बताए ।

डाक्टर रायमाझीले कतार सरकारले महामारीको समयमा नेपालीको उपचारका लागि दिएका सबै भेन्टिलेटरहरूलाई अति आवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउने जानकारी दिएका छन् । कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रम मार्फत कोरोना विरुद्धको खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *