भीम रावलले गुहारे आयोग र सुरक्षाकर्मी !

काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत मतदान चलिरहेका बेला चर्चा बाँडिएकोप्रति भीम रावलले आपत्ति जनाएको छन् । निर्वाचन आयोगको आचारसंहिता विपरीत पर्चा बाँड्ने कार्य भएको बन्दै उनले आपत्ति जनाएको हुन् ।

याे पनि : भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न ओली पक्षको पर्चा (पर्चासहित)

विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको रावलले निन्दा गरेका छन् । ‘चितवनमा एमालेको मतदान सुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु,’ अध्यक्षको उम्मेदवार रहेका रावलले ट्वीट् गर्दै लेखेका छन्, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *