केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सर्वसम्मत रूपमा पुनः अध्यक्षमा दोहोरिने मनसुबामा रहेका ओलीले भीम रावलले अध्यक्ष पदकै लागि उम्मेदवारी दर्ता गराएपछि गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णुप्रसाद पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

३०१ केन्द्रीय सदस्य नभए पनि १९ पदाधिकारी भने सहमतिमै टुङ्ग्याउने बताउँदै आएका ओलीले अब आफैँले चुनाव लड्नुपर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *