अध्यक्षका लागि भीम रावलको उम्मेदवारी दर्ता

काठमाडाैँ । नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले आज निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । रावल यसअघि पार्टीको उपाध्यक्ष थिए ।

उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन् । ‘पार्टीमा अहिले कुनै समूह छैन’, उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ। मैले पनि आफ्नो अधिकार प्रयोग गरें ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *