भीम रावल पक्षले थाल्यो प्रचार (तस्बिरहरू)

चितवन । नेकपा एमालेको जारी १०औँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावल पक्षले प्रचार तीव्र पारेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षले सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिरहँदा रावल पक्ष अध्यक्षमा मत माग्न थालेको हो ।

यो पनि : भीम रावलको पर्चा बाँड्नेहरू बन्द सत्र स्थलबाट निकालिए

रावल पक्षले गेटमा बसेर प्रतिनिधिहरूलाई पर्चा बाँडिरहेका छन् । तर, मूल गेटमा भने पर्चा बाँड्न नदिएको जनाइएको छ । ओली पक्षका प्रतिनिधिहरूले रावलको पर्चा बाँडिएकोप्रति विरोध जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *