भीम रावलको पर्चा बाँड्नेहरू बन्द सत्र स्थलबाट निकालिए

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

बन्द सत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरूलाई रावलका कार्यकर्ताहरूले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

याे पनि 
भीम रावलको घोषणापत्र: विजय र पराजय होइन, धारणा र मान्यतालाई महत्त्व दिन्छु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *