‘चितवनमा महाधिवेशन होइन, ओलीवेशन भइरहेको छ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा ओलीवेशन भइरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस काठमाडौँका उम्मेदवार घोषणा कार्यक्रममा उनले त्यहाँ सबै बा (ओली) का ‘छोराछोरी’हरू मात्रै रहेको र नारायणी किनारमा अधिवेशन नभई ओली बाको पाउमा कस्लेतेल राम्रोसँग दल्न सक्दछ भन्ने प्रतिस्पर्धा भइरहेको टिप्पणी गरे ।

नेता थापाले कांग्रेसको १४ औँ महाधिवेशनले पार्टीको नेतृत्व परिवर्तन गर्न सक्नुपर्ने बताए । पार्टीको नेतृत्व बगेको नदीजस्तै हुनुपर्ने भन्दै अब नेतृत्व परिवर्तन गर्नुपर्ने समय आएको जिकिर गरे । कांग्रेसको जिल्ला अधिवेशनबारे ठाउँ-ठाउँका समाचार आउँदै गर्दा नआत्तिन आग्रह गर्दै आपसमा मतभेद र मतान्तर हुने भएकाले कुशल नेतृत्व चयन गर्न सक्नुपर्ने नेता थापाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *