केएमसीको शिविरबाट धुलिखेलका १३ सय बिरामी लाभान्वित

काठमाडौँ । काभ्रेको धुलिखेलमा काठमाडौँ मेडिकल कलेजले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।

धुलिखेल नगरपालिका ८ नं.वडा कार्यालय, सारथि फाउण्डेशन र सारथि बहुउद्देश्यीय सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल-८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा २१३ जनाको भिडियो एक्स-रे, २०९ जनाको ल्याब टेष्ट र १९१ जनाको इसीजीसहित १ हजार ३ सय ६५ बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा हाडजोर्नी तथा नसा, दाँत, आँखा, प्रसूति तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटी लगायत समस्याका बिरामीहरू उपचारका लागि आएका थिए ।

यसअघि केएमसीले काठमाडौँसहित ललितपुर, भक्तपुर, धादिङ लगायत जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको हो । स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *