एमाले महाधिवेशनमा ठाउँ ठाउँबाट निस्कियो र्‍याली (तस्बिरहरू)

चितवन। नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ। देशभरबाट महाधिवेशनमा सहभागी हुन नेता/ कार्यकर्ताहरूको र्‍याली महाधिवेशन स्थलमा प्रवेश गर्दै छ ।

नारायणगढका विभिन्न ७ क्षेत्रबाट महाधिवेशन स्थलतर्फ र्‍याली अघि बढिरहेका छन् । र्‍यालीमा ‘केपी बा आई लभ यु’, ‘हाम्रो केपी, हाम्रो एमाले, प्राण भन्दा प्यारो छ’ जस्ता नारा घन्किँदै छन् ।

एमालेले उद्घाटन समारोहमा पाँच लाखलाई सहभागी गराउने दाबी गर्दै आएको छ । महाधिवेशन उद्घाटनका लागि नारायणी नदीको किनारलाई आमसभास्थल तय गरेर भव्य मञ्च निर्माण गरेको छ ।












प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *