सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार हुने भएको महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *