एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

विराटनगर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले  सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले आफू एमालेको सचिवको लागि योग्य रहेकोले उम्मेदवारी दिने बताए । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ ।

त्यस्तै प्रदेश १ बाट नै प्रतिनित्वि गर्ने लालबाबु पण्डितले निर्वाचन भएमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् ।  यस्तै एमाले केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाङ्फेले आज बिहान मकालुखबरसँग प्रतिक्रिया दिँदै आफू १० औँ महाधिवेशनबाट सचिवको उम्मेदवार बन्ने बताएकी छन् । आफ्नो योग्यता र क्षमता दुवै रहेको र महिलाको प्रतिनिधित्व आवश्यक रहेकोले आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।

बिहिबार मात्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मकालुसँग कुरा गर्दै आफ्नो  एकमात्र उम्मेदवारी सचिव पदको लागि हुने बताएका थिए   ।यसअघि नै लालबाबु पण्डितले निर्वाचनमा जानु पर्ने अवस्था आउँदा उपाध्यक्षको लागि उम्मेदवारी दिने बताएका थिए ।

सरकारमा रहँदा आफ्नो कार्यकालमा राम्रो काम गरेर देखाएका राई, तुम्बाहाङ्फे र पण्डितको उम्मेदवारीसँगै एमालले भित्र  पदाधिकारी चयनमा सकस देखिने भएको छ । १५ पदाधिकारीका लागि १०० भन्दाबढी  आकाङ्क्षी देखिएपछि सर्वसम्मतको  प्रयास असफल हुने देखिएको  एमालेका नेताहरूले बताउन थालेका छन् ।

माओवादीबाट आएका नेताको व्यवस्थापन अनि एमाले भित्रैका तेस्राे धार १० बुँदेमा टेकेर बसेका नेताहरूको व्यवस्थापनसँगै  संस्थापन केपी ओली पक्षीय नेताहरूसहितका तीन धारलाई मिलाएर लाग्नको लागि सर्वसम्मतको सम्भावना कमजोर रहेको नेताहरूको भनाई छ । पदाधिकारीको लागि आकाङ्क्षी धेरै भएपछि एमाले भित्र अर्को   समूह जन्मिने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *