शिवमाया तुम्बाहाङ्फे एमाले सचिवमा उठ्ने

चितवन । पूर्व उपसभामुख एवं एमाले केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाङ्फेले एमाले सचिव पदमा उम्मेदवारी दिने भएकी छन् । आजदेखि सुरु भएको नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने डा. तुम्बाहाङ्फेले मकालुखबरलाई बताइन् ।

उनले भनिन्,  ‘म पनि सचिवको उम्मेदवार बन्छु, त्यसको लागि म योग्य पनि हुँ । मैले महिलाको प्रतिनिधित्व पनि गर्छु ।’ यसअघि नै सचिवमा महेश बस्नेत लगायतले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *