बाबुराम थापाद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेकपा (एमाले)का नेता बाबुराम थापाले एमालेको केन्द्रीय सदस्यमा उमेदवारी घोषणा गरेका छन् ।

थापा युवा संघ नेपालको केन्द्रीय सचिव र युवा किसान संघको अध्यक्ष, किसान महासंघको उपमहासचिव लगायतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । यस्तै उनी अहिले एमालेको प्रदेश नम्बर १ को सदस्य तथा पार्टीको जिल्ला सचिवालय सदस्यसमेत छन् । उनले तेह्रथुममा अनेरास्ववियूबाट राजनीति सुरु गरेका हुन् ।

समृद्धिका लागि कृषि र रोजगारीको अभियानमा पनि सक्रिय रहेका थापाले समृद्ध नेपालको नारालाई साकार पार्न पार्टी सदस्य तथा जनतालाई विकासका लागि अभियानमा लगाउन प्रेरणादायी भूमिका खेल्न थप सक्रिय राजनीतिमा लाग्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *