लैंगिक हिंसाविरुद्धको अभियान गाउँ-गाउँमा पुर्‍याइने

विराटनगर । लैँगिक हिंंसाविरुद्धको अभियानलाई गाउँ-गाउँसम्म पुर्‍याउन सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने भएको छ । प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ-गाउँमा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् । अभियानलाई गाउँ-गाउँमा पुर्‍याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा विराटनगरमा लैंगिक हिंसाविरुद्धको १६ दिने साझा अभियानको आरम्भ गर्दै मन्त्री यादवले अभियानलाई गाउँ गाउँमा पुर्‍याउन सामाजिक विकास मन्त्रालयले समन्वय गर्ने बताए । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाइ हुने भन्दै यादवले आ-आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

No description available.

निरन्तरको अभियानले लैंगिक हिंसा सधैँका लागि अन्त्य गर्न सकिने मन्त्री यादवले बताए । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आजदेखि लैंगिक हिंंसाविरुद्धको अभियान सुरु भएको हो । विराटनगरमा प्रभातफेरिसहितको कार्यक्रममा सामाजिक विकासमन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थालगायतको सहभागिता थियो ।

साझा अभियानमा सरकारी निकायहरूका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एसोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *