टिप्पणी

चतुर जी, अब क्रिकेट रोज्ने कि कांग्रेस ?

काठमाडौँ । लामो समयको प्रतिबन्ध फुकुवा हुँदै गर्दा धेरैले नेपाली क्रिकेट अब अघि बढ्ला भन्ने आशा गरेका थिए । नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान अब निकम्मा हुने छैन र यसले एउटा लय समाउनेछ भनेर उत्साही हुनेहरू धेरै थिए ।

कम्तीमा नियमित प्रतियोगिताको सेड्युल बन्नेछ, खेलाडीले गुनासो गर्नुपर्ने छैन, नेपालले धेरैभन्दा धेरै राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता खेल्न पाउनेछ, उमेर समूहका ट्यालेन्ट हन्टदेखि अन्य छनोट प्रतियोगिता हुनेछन्, एकेडेमी निर्माणको काम प्राथमिकतामा पर्नेछ आशाका यस्तै लस्कर थिए ।

तर, लामो समयको प्रतिबन्धपछि नयाँ नेतृत्वले हाँकेको क्यान यति निरीह रह्यो की बरु क्यान प्रतिबन्धका बेला बढी गतिविधि हुन्थे । ठूलो विश्वास र भरोसाका साथ नेपाल क्रिकेट संघ क्यानको अध्यक्ष निर्वाचित भएका चतुरबहादुर चन्दले त्यो भरोसालाई क्रमशः टुटाउँदै लगेका छन् ।

दुई वर्षको अवधिमै क्यान पदाधिकारी तितरबितर भइसकेका छन् । एउटै प्यानलबाट उठेर महत्त्वपूर्ण पदमा चुनाव जितेकाहरू नै राजीनामा बुझाएर छेउ लागेका छन् । भएकाहरू पनि अध्यक्ष चन्दका अगाडी लम्पसार भएजस्ता देखिन्छन् ।

क्यान पदाधिकारीबीच नै मतैक्य नहुँदा कुनै पनि कार्यक्रम प्रभावकारी हुन सकेनन् । दुई वर्षको अवधिमै क्यान पदाधिकारी तितरबितर भइसकेका छन् । एउटै प्यानलबाट उठेर महत्त्वपूर्ण पदमा चुनाव जितेकाहरू नै राजीनामा बुझाएर छेउ लागेका छन् । भएकाहरू पनि अध्यक्ष चन्दका अगाडी लम्पसार भएजस्ता देखिन्छन् ।

क्यान यति निकम्मा हुनुमा अध्यक्ष चन्दको प्राथमिकतामा क्रिकेट र क्यान होइन‚ राजनीति र उनी आबद्ध दल रहेछ भन्ने उनी स्वयंले पुष्टि गरेका छन् । क्यानका अध्यक्ष चन्द उनै व्यक्ति हुन्‚ जो नेपाली कांग्रेसको बैतडी जिल्ला सभापतिमा बुधबार निर्वाचित भएका छन् ।

चन्दको कार्यकालमा आएका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर बीचमै करार तोडेर फर्किए । विश्व क्रिकेटकै एक सफलतम प्रशिक्षक बिचैमा फर्किनुको एक कारण क्यानभित्रको खराब राजनीति र नेपाली क्रिकेटको विकासमा क्यानका पदाधिकारीले केही गर्लान् भन्ने आशा नहुनु मुख्य रहेको क्यानको नजिक रहेकाहरू नै बताउँछन् ।

अहिले खेलाडीमा नै पनि खासै उत्साह देखिँदैन । खेलाडीको मनपरी श्रेणी तोकेपछि खेलाडीले विरोध गरे । क्यानले आफ्ना कमजोरी खोज्नु त कता हो कता‚ उनीहरूलाई स्पष्टीकरण सोधेर उल्टै हतोत्साहित गर्‍यो । अन्तरराष्ट्रिय प्रतियोगितामा छोटो तयारीमै सहभागिता जनाएर फर्कनुपर्ने अवस्था उस्तै छ । उपलब्धिको हिसाबकिताब त प्रतिबन्धका बेला पनि गरिएकै थियो । अहिले न खेलाडी, न पदाधिकारी‚ न समर्थक‚ न प्रतियोगिता आयोजक कसैलाई पनि क्यान भएको आभास नभएको दुखेसो नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेकाहरूको छ ।

नेपाली क्रिकेटलाई ओरालो लगाएको आरोप खेपिरहेका अध्यक्ष चन्द कांग्रेसलाई उकालो लगाउने जिम्मेवारीमा बुधबारदेखि औपचारिक रूपमै जोडिएका छन् । राजनीति प्रतिको उनको लगाव हेर्दा उनी अब उनले नेपाली क्रिकेट टिमलाई बलियो बनाउने दायित्वभन्दा बढी जिल्लामा उनको दललाई अन्य दलभन्दा राम्रो बनाउनुपर्ने दायित्वलाई आत्मसाथ गर्ने देखिन्छ ।

यसको एक मुख्य कारण हो- अध्यक्ष चन्दको निष्क्रियता । उनी पार्टी राजनीतिमा सक्रिय छन् । सभापति अहिले भए पनि चन्द दलीय राजनीतिमा भर्खरै लागेका भने होइनन् । उनी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । यसपटक त जिल्ला सभापति नै बने ।

तर, सिङ्गो देशको क्रिकेटलाई दिशा दिनुपर्ने दायित्व बिर्सिएर उनी कुनै दल विशेषको कार्यकारी पदमा जानुले नेपाली क्रिकेटलाई असर गर्ने पक्कापक्की छ ।

नेपाली क्रिकेटलाई ओरालो लगाएको आरोप खेपिरहेका अध्यक्ष चन्द कांग्रेसलाई उकालो लगाउने जिम्मेवारीमा बुधबारदेखि औपचारिक रूपमै जोडिएका छन् । राजनीति प्रतिको उनको लगाव हेर्दा उनी अब उनले नेपाली क्रिकेट टिमलाई बलियो बनाउने दायित्वभन्दा बढी जिल्लामा उनको दललाई अन्य दलभन्दा राम्रो बनाउनुपर्ने दायित्वलाई आत्मसाथ गर्ने देखिन्छ ।

केही समयमै हुने महाधिवेशनमा उनले आफ्नो पक्षलाई जिताउन कम्मर कस्नुपर्नेछ । त्यसपछि उनी पालिका चुनावमा जिल्लामा कसलाई टिकट दिने भन्ने भूमिकामा हुनेछन् । त्यसपछि उनीहरूलाई जिताउनुपर्ने दायित्व उनको हुनेछ । त्यसपछि प्रदेश र संघीय संसद्को चुनावको बेला उनलाई यो जिम्मेवारी हुनेछ । पार्टीको जिल्ला सभापति भएका नाताले उनी स्वयं पनि स्वाभाविक रूपमा सांसदको उम्मेदवारको दाबेदार हुनेछन् नै ।

नेपाली क्रिकेटको विकासमा यसै पनि निष्क्रिय रहेको आरोप खेप्दै आएका चन्दको भूमिका अझ फितलो हुने पक्कापक्की छ । राजनीतिप्रतिको उनको आशक्ति हेर्दा उनी क्रिकेटको विकासमा कम र पार्टीको विकासमा बढी ध्यान दिन चाहन्छन् भन्ने बुझ्न गाह्रो पर्दैन । र, मूल नेतृत्व नै त्यो दायित्वबोधलाई बिर्सिएर अर्को जिम्मेवारीमा लाग्छ भने स्वाभाविक रूपमा त्यो संस्था वा निकाय खस्किन्छ नै ।

अब प्रश्न स्वाभाविक र गम्भीर रूपमा उठ्छ- चन्दले बैतडीमा बसेर कांग्रेसको संगठन बलियो बनाउने कि काठमाडौँमा बसेर नेपाली क्रिकेट ? दुई विशुद्ध फरक क्षेत्रलाई उनले कसरी सँगसँगै लैजान सक्छन् ? खेलमा राजनीति हुनु हुन्न भन्ने मान्यताका बीच कुनै दल विशेषको जिल्ला सभापतिले हाँक्ने नेपाल क्रिकेट संघ क्यान कसरी राजनीतिक रूपमा निष्पक्ष हुन सक्ला र ?

अब प्रश्न स्वाभाविक र गम्भीर रूपमा उठ्छ- चन्दले बैतडीमा बसेर कांग्रेसको संगठन बलियो बनाउने कि काठमाडौँमा बसेर नेपाली क्रिकेट ? दुई विशुद्ध फरक क्षेत्रलाई उनले कसरी सँगसँगै लैजान सक्छन् ? खेलमा राजनीति हुनु हुन्न भन्ने मान्यताका बीच कुनै दल विशेषको जिल्ला सभापतिले हाँक्ने नेपाल क्रिकेट संघ क्यान कसरी राजनीतिक रूपमा निष्पक्ष हुन सक्ला र ?

चन्दले कुनैपनि दलको कुनै पनि पदमा जान पाउँछन् । तर उनले कुनैपनि बहानामा नेपाली क्रिकेटलाई अधोगतिमा धकेल्न पाउँदैनन् । किनभने उनलाई नेपाली क्रिकेट सुधार्न र निलम्बनले लखतरान भएको छवि उकास्न क्यानको नेतृत्वमा पुर्‍याइएको हो ।

याे पनि : कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी

नेपाली क्रिकेटको भलो चिताउनेहरूले उठाउने गरेको प्रश्न अब थप मुखरित हुने समय आएको छ । क्रिकेट विकासका लागि क्यानको कमजोर नेतृत्व बाधक रहेको यथेष्ट प्रमाण पाइने गरेको सन्दर्भमा अब अध्यक्ष तथा सभापति चन्दले निर्णय गर्नै पर्छ कि उनी क्रिकेट चाहन्छन् वा कांग्रेस ? कुनैपनि छान्न उनी स्वतन्त्र छन् । तर दुवै छान्ने ढिपी गरे; त्यसले न त नेपाली क्रिकेट उँभो लाग्नेछ‚ न त बैतडी कांग्रेसकै अवस्था उकासिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *