भ्यासेक्टोमीबारे ४ मिथक र यथार्थ

भ्यासेक्टोमी पुरुषहरूका लागि आधिकारिक जन्म नियन्त्रण प्रक्रिया हो । विश्वमा बर्सेनि ५० लाख पुरुषले भ्यासेक्टोमी गर्ने गरेको तथ्य छ । भ्यासेक्टोमी स्थायी जन्म नियन्त्रण प्रणाली हो ।

भ्यासेक्टोमीले ल्याउने नतिजाबारे विभिन्न मिथक र सत्यताहरू छन्‚ जसले भ्यासेक्टोमी गर्नुअघि पुरुषहरूमा केही प्रश्न र चिन्ताहरू खडा गर्ने गरेको छ । भ्यासेक्टोमीसम्बन्धी केही मिथक र सत्यताहरूलाई तल उल्लेख गरिएको छ‚ जसले पुरुषलाई भ्योसेक्टोमीसम्बन्धी निर्णय गर्न सहयोग गर्नेछ ।

मिथक : भ्यासेक्टोमीले यौन कार्यमा असर पुर्‍याउँछ ।

सत्य : भ्यासेक्टोमीले कामवासना, यौनेच्छा र टेस्टोस्टेरोनलाई कुनै असर गर्दैन । यो प्रक्रियाको उद्देश्य भनेको वीर्य रोक्नु हो‚ जसले गर्दा गर्भ बस्न सक्दैन । पुरुषहरूले भ्यासेक्टोमीपछि पनि उच्च यौन सन्तुष्टि प्राप्त गरेको अनुभवसमेत सेयर गरेका छन् ।

मिथक : भ्यासेक्टोमीले स्थायी रूपमा यौनाङ्गमा क्षति पुर्‍याउँछ

सत्य : भ्यासेक्टोमी प्रक्रिया ‘भ्यास डेफेरन्स’ ट्युबतिर निर्देशित हुन्छ । यो प्रक्रियामा अन्य कुनै यौनाङ्ग वा तन्तु समावेश हुँदैन । तर कहिलेकाहीँ अति दुर्लभ केसमा रगत आपूर्तिमा भएको हुनसक्ने चोटपटकले अण्डकोष गुमाउने समस्या हुन्छ । त्यसैले भ्यासेक्टोमी गराउने चिकित्सक कत्तिको अनुभवी छन् भन्नेबारे सचेत रहनुपर्छ ।

मिथक : भ्यासेक्टोमीले क्यान्सर र हृदय रोगसम्बन्धी जोखिमलाई बढाउँछ ।

सत्य : भ्योसेक्टोमीसँग क्यान्सर र हृदय रोगको उच्च जोखिमसँग सम्बन्धित कुनै पनि सम्बन्ध अहिलेसम्म प्रमाणित भएको छैन ।

मिथक : भ्यासेक्टोमीले गहिरो पीडा निम्त्याउँछ

सत्य: भ्योसेक्टोमी गर्ने क्रममा तान्ने प्रक्रियाले केही सामान्य असहजता हुन सक्छ । तर त्यस्तो गम्भीर प्रकृतिको दुखाइ भने हुँदैन । भ्यासेक्टोमीपछि केही दिनसम्म घाउमा सामान्य दुखाइ हुन्छ । भ्यासेक्टोमी गर्दा कस्तो खालको औषधि र कुन नशामा काम गर्ने पहिले नै छलफल गरिएको हुन्छ । भ्यासेक्टोमी गर्न इच्छुकलाई परामर्श दिइन्छ र प्रक्रियाबारे राम्रोसँग बुझाइन्छ । पिडा नियन्त्रक रणनीति र औषधि उपलब्ध गराउन राम्रो अभ्यास भएको हुन्छ । भ्यासेक्टोमी जन्म नियन्त्रणको सबैभन्दा सुरक्षित, प्रभावकारी र भरपर्दो प्रक्रिया हो ।

यदि कोही पुरुषले भ्यासेक्टोमी गर्ने योजना बनाउँदैछन् भने प्राथमिक स्वास्थ्य केन्द्रमा गएर सल्लाह लिनु उचित हुन्छ ।

एजेन्सी 

प्रतिक्रिया

One thought on “भ्यासेक्टोमीबारे ४ मिथक र यथार्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *