नेकपा एकीकृत समाजवादी पनि आफ्नै पार्टीजस्तै हो : प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि आफ्नै पार्टीजस्तो भएको बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै कैलालीको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष दाहालले सो माग सामान्य भएको पनि बताए । उनले आफ्नै पार्टीको मन्त्रालय नभए पनि माग पूरा गर्न गाह्रो नभएको बताए ।

‘प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउन गाह्रो छैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय मेरै पार्टीको नभए पनि मैरै पार्टीजस्तो एकीकृत समाजवादीको हो ।’

एकीकृत समाजवादी पार्टीलाई आफूले पनि धेरै सहयोग गरेकाले स्वास्थ्य मन्त्रीलाई भनेर स्वास्थ्य केन्द्र स्तरोन्नतिको काम अगाडि बढाउन सकिने बताए ।

साथै अध्यक्ष प्रचण्डले युवाहरूको स्वास्थ्य तथा सीपको समेत विकास होस् भनेर रङ्गशाला निर्माण गर्नुका साथै भूमिहीन, सुकुम्बासीहरूको समस्या पनि चाँडै समाधान गरिने बताए ।

प्रचण्ड कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र पार्टीको कार्यक्रमका लागि बुधबार कैलाली आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *