कांग्रेसको मतगणना स्थलमा गोली चल्यो, ७ जना घाइते

काठमाडौँ । प्युठानमा नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतगणना स्थलमा प्रहरी र प्रदर्शनकारीको झडप हुँदा २ प्रहरीसहित ७ जना घाइते भएका छन् । मतगणनाको क्रममा अर्को पक्षले अग्रता लिएको भन्दै एक पक्षले मतगणना स्थलमा ढुंगामुढा गरेपछि गाेली चलाउन परेको प्रहरीले जनाएको छ ।

सभापतिको उम्मेदवार रहेका विष्णुकुमार गिरीले अग्रता लिएपछि अर्को पक्षका युवाहरूले मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घाइतेलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार लगिएको छ । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *