आमिरको तेस्रो विवाह चर्चा !

एजेन्सी । बलिउड अभिनेता आमिर खानको केही महिनाअघि दोस्रो विवाह सम्बन्ध विच्छेदमा पुगेर टुङ्गियो । पहिलो श्रीमती रीना दत्तासँग २००२ मा डिभोर्स गरेपछि आमिरले किरण रावसँग २००५ मा विवाह गरेका थिए ।

यति बेला सामाजिक सञ्जालमा खानको तेस्रो विवाहको बारेमा चर्चा भइरहेको छ । आफ्नो नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’ रिलिज भएपछि उनले तेस्रो विवाह गर्ने गाइँगुइँ सुनिएको छ । तर, इन्डिया टुडेका अनुसार उनको तेस्रो विवाहको चर्चामा कुनै सत्यता छैन ।

लामो समयदेखि आमिरको नाम अभिनेत्री फातिमा सना शेखसँग जोडिएको छ । उनीहरूले चलचित्र ‘दङ्गल’ मा एकसाथ काम गरेका थिए । त्यस बेलादेखि उनीहरूको प्रेम सम्बन्धको खबर आउन थालेको थियो । तर यस विषयमा कुनै सत्यता नरहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *