सर्वोच्चबाट हटाइयो स्पेसल टास्क फोर्स, आन्दोलन शान्तिपूर्ण (तस्बिरहरू)

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा खटाइँदै आएको स्पेसल टास्क फोर्स (एसटीएफ)लाई हटाइएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीलाई रोक्न खटाइँदै आएको एसटीएफ हटाइएको हो ।

यसअघि नक्सालस्थित १ नम्बर गण, महाराजगन्जस्थित २ नम्बर गण, कपनस्थित विशेष कार्यदल (स्पेसल टास्क फोर्स)बाट रिजर्भ फौजलाई खटाइएको थियो । सर्वोच्च परिसरमा आज प्रहरी र थोरै सङ्ख्यामा सिभिल प्रहरी मात्र छन् ।

न्यायालय सुधारका लागि भन्दै जबराको राजीनामा मागेर कात्तिक १४ देखि गर्दै आएको आन्दोलनलाई बारले निरन्तरता दिएको छ । आइतबार कानुन व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका थिए ।

पछिल्ला केही दिन निकै चर्किएको आन्दोलन आज शान्तिपूर्ण छ । नाराबाजी र प्रदर्शन भएको छैन भने सर्वोच्च परिसरमा शान्त देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *