कस्तो छ आज उपत्यकाको ट्राफिक आवागमन ?

काठमाडौँ । आज (आइतबार)बिहानैदेखि काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनको अवस्था सामान्य छ ।  सवारी आवागमन निर्बाध भइरहेका छन् ।

दिउँसो विप्लव नेपाल कम्युनिष्ट पार्टीको आमसभाका कारण ट्राफिक व्यवस्थापनमा केही कठिनाइ हुन सक्ने डिएसपी सुनिलजंग शाहले मकालुखबरलाई जानकारी दिए ।

अहिलेसम्म कुनै अप्रिय घटना नघटेको पनि डिएसपी शाहले बताए । यस्तै गए राति त्यस्तो दुर्घटना नभएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *