ओली नै सर्वसम्मत अध्यक्ष बन्छन् : शेरबहादुर तामाङ 

काठमाडौँ। नेकपा (एमाले) का पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको १०औँ महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् ।

उनले १० औँ महाधिवेशनमा सर्वसम्मत रूपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताए । तामाङले आफूहरू सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नतर्फ लागिरहेको पनि जानकारी दिए ।

महाधिवेशनमा अतिथिको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिइसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *