भक्तपुरमा केएमसीको शिविरबाट १३ सय लाभान्वित

भक्तपुर । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । श्री महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले बोडे माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार ३ सय १७ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा २०३ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्स-रे र १६४ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका २२ जना बिरामीको दाँत खोलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभएका ४३ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई लक्षित गरी केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *