एमालेमा काे हुन् ओलीपछिका १० लोकप्रिय नेता ?

काठमाडौँ । मिडिया एकेडेमीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिका १० लोकप्रिय नेताको खोजी गर्ने भएको छ । बिहीबार विज्ञप्तिमार्फत एमालेको अध्यक्षमा ओली नै दोहोरिने पक्का भएको भन्दै एकेडेमीले ओलीपछिका १० लोकप्रिय नेता खोज्ने बताएको हो ।

एकेडेमीका अनुसार आम नागरिकको मत र धारणामा त्यस्ता नेताको सूची तयार हुनेछ । एमालेका ६ लाख बढी कार्यकर्ताबाट चुनिएका करिब २ हजार प्रतिनिधिले चुन्ने एमालेको नेतृत्वप्रति आफ्नो कुनै सापेक्ष वा निरपेक्ष दृष्टिकोण नरहने पनि एकेडेमीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने कुरा करिब सुनिश्चित जस्तै छ । तर ओलीपछि एमालेको नेता को भन्ने कौतुहलता र प्रश्नहरू व्यापक रहेका छन् । हामी यो अभियानअन्तर्गत ओलीपछिका एमालेका १० लोकप्रिय नेताको खोजी गर्नेछौँ ।’

विज्ञप्ति…
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *