कांग्रेस महाधिवेशन : म्याग्दी सभापतिमा खम्बिर सर्वसम्मत

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार भएको जिल्ला अधिवेशनबाट म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत रुपमा चयन भएका छन् ।

बुधबारदेखि सुरु जिल्ला अधिवेसनबाट खम्बिर दोश्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन भएका हुन् । उनी सर्वसम्मत भए पनि अरु पदमा मतदान हुने भएको छ ।

सहमतिका लागि आज बिहान ८ बजेसम्मको समय दिइएको थियो । सहमति नभएपछि मतदान प्रक्रिया अघि बढेको म्याग्दी कांग्रेसले जनाएको छ । दुई जना उपसभापतिका लागि क्या. डमबहादुर गर्बुजा पुन, हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, क्या. मिनबहादुर कार्की, कणर्बहादुर भण्डारी केबी र कमल छन्त्यालको प्रतिश्पर्धा हुने भएको छ ।

दुई जना सचिब पदमा ४ जनाले मनोनयन दर्ता गराएका छन् । सचिवका लागि भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुवेदी र हिराबहादुर पुनबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दुई जना सहसचिव पदका लागि श्रीराम पौडेल, ध्रुवराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेदवारी परेको छ ।

१० जना खुल्ला महाधिवेशन प्रतिनिधिमा १८ जनाले दावेदारी प्रस्तुत गरेका छन् । म्याग्दी कांग्रेसमा ७ सय ५० क्षेत्रीय प्रतिनिधि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *